वित्तीय साक्षरता कार्यक्रम आयोजना सम्पन गरियो
ग्लोबल मनि विक (Global Money Week) २०२५ को सन्दर्भ पारेर प्रभु स्टक मार्केट लिमिटेडले मिति २०८१ चैत ८ गते (२०२५ मार्च २१) गते वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । काठमाडौँ शङ्खमूलस्थित नेरिक एकेडेमीमा कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरूलाई Empowering Youth Minds: Financial Literacy & Investment Awareness विषयमा प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले पावरप्वाइन्ट प्रस्तुति दिनुभएको थियो । पावरप्वाइन्टमा पैसाको अर्थ, महत्व र उपादेयता, बचत तथा बजेटिङको महत्व, नेपालमा बचतका उपकरणहरू, पूँजीबजारको परिचय, पूँजीबजारको जोखिम तथा त्यसबाट प्राप्त हुनसक्ने प्रतिफल, प्राथमिक तथा दोस्रो बजार, स्टक मार्केटमा प्रवेश गर्ने र कारोवार गर्ने भन्ने लगायतका विषयहरूलाई समेटिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयको तर्पबाट श्री सुरज चौधरीले व्यक्त गर्नुभएको थियो भने प्रभु स्टक मार्केट लिमिटेडको तर्फबाट श्री ठाकुरनाथ आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
उक्त वित्तीय साक्षरता कार्यक्रमबाट आफूले वित्तीय क्षेत्रका नयाँ कुराहरू जान्न पाएको कुरा विद्यार्थीहरूले बताएका थिए ।