प्रभु स्टक मार्केट लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न
प्रभु स्टक मार्केट लिमिटेडको तेस्रो वार्षिक साधारण सभा मिति २०८३ असोज २३ गते सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । कम्पनीको सञ्चालक समितिका अध्यक्ष श्री रविन्द्र ढकालज्यूको सभापतित्वमा सञ्चालन भएको उक्त साधारणसभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरू, शेयर लगानीकर्ता प्रभु बैंक लिमिटेडका प्रतिनिधि, कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधि तथा बैंकका उच्च व्यवस्थापन र अन्य कर्मचारीको सहभागिता थियो ।
कम्पनीको वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन स्वीकृति गर्ने, आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, बीचमा रिक्त भएका सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्तिलाई अनुमोदन गर्ने, कम्पनीको आ.व. २०८२/८३ को मुनाफा तथा रिजर्भ कोषबाट शेयरधनीलाई कम्पनीको चुक्तापूँजीको ५ प्रतिशतले हुने रकम नगद लाभांश वितरण गर्ने प्रस्तावहरू पारित गरेको थियो । यसै गरी, कम्पनीले विशेष प्रस्तावमा रूपमा रहेको कम्पनीको नियमावलीको नियम २७(१) (क) तथा नियम ३२(२)(३) मा संशोधन गर्ने प्रस्तावलाई पनि वार्षिक साधारणसभाले पारित गरेको छ । साथै, वार्षिक साधारणसभाले कम्पनीको प्रगति र उन्नतिमा निरन्तर योगदान पुर्र्याउनुहुने सञ्चालक समिति, व्यवस्थापन, कर्मचारीवर्ग तथा सम्पूर्ण सरोकारवालाहरू प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै कम्पनीको कारोवारलाई आगामी दिनहरूमा पनि व्यावसायिक उत्कृष्टता, सुशासन, पारदर्शिता तथा गुणस्तरीय सेवाप्रति अझ दृढ प्रतिबद्धताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।







