ds

पूँजीबजार साक्षरता तथा सचेतना अभिवृद्धि कार्यक्रमको  आयोजना

Invest in your Future, protect it today भन्ने नाराका साथ शुरु भएको विश्व लगानीकर्ता सप्ताह–२०२६ (World Investors Week, 2026) को उपलक्ष्यमा प्रभु स्टक मार्केट लिमिटेडले मिति २०८२ असोज २२ गते (२०२६ अक्टोबर ८ तारिख) मा कान्तिपुर इन्टरनेशनल कलेज, बुद्धनगरमा पूँजीबजार साक्षरता तथा सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गर्‍ यो। कलेजका स्नातक तहका विद्यार्थीहरूलाई प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले प्रभु स्टक मार्केटको सामान्य परिचय दिँदै पूँजीबजारको परिचय, नेपालको पूँजीबजार, मेरो शेयर, स्टक शेयरको परिचय, शेयरमा गरिने लगानीको फाइदा, म्युचुअल फण्ड र यसका विशेषताहरू, म्युचुअल फण्डको फाइदा, वित्तीय प्राविधिक विश्लेषण, डिम्याट खाता तथा टिएमएस खाताको महत्व तथा खाता खोल्ने तरिका र आवश्यक कागजातहरू आदि विषयमा आफ्नो प्रस्तुति दिनुभएको थियो । प्रस्तुतिपछि विद्यार्थीहरूबाट सोधिएका प्रश्न तथा जिज्ञासाहरूको जवाफ प्रस्तोता उप्रेतीका साथै नायव कार्यकारी अधिकृत स्वस्तिक सुवेदी तथा अधिकृत ठाकुरनाथ आचार्यले दिनुभएको थियो ।

description


description

description

description