प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्षमा ढकाल

प्रभु स्टक मार्केट लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा रविन्द्र ढकाल चयन भएका छन् । वैशाख २५ गते बसेको सञ्चालक समितिको ६३औँ बैठकले प्रभु बैंकका चिफ म्यानेजरका रूपमा कार्यरत ढकाललाई अध्यक्ष पदको जिम्मेवारी दिएको हो । ढकालको नेतृत्वमा प्रभु स्टक मार्केटले आफूलाई बजारमा एक प्रतिस्पर्धी स्टक ब्रोकर संस्थाको रूपमा स्थापित गर्ने विश्वास लिएको छ ।


