ds

कम्पनीको दोस्रो वार्षिक साधारणसभा सम्पन गरियो

प्रभु स्टक मार्केट लिमिटेडले मिति २०८२ असोज २४ गते शुक्रबार इन्द्रेणी सुइट्स होटल, नयाँबानेश्वरमा कम्पनीको दोस्रो वार्षिक साधारणसभा सम्पन गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री नविन अधिकारीको अध्यक्षतामा सम्पन वार्षिक साधारणसभाको प्रमुख आतिथ्यता कम्पनीको मातृसंस्था प्रभु बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री मनिराम पोख्रेलले गर्नुभएको थियो । बैंकका सञ्चालकहरू, कर्मचारीहरू, प्रभु बैंक लिमिटेडका प्रतिनिधि, नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधि तथा प्रभु क्यापिटल लिमिटेडको प्रतिनिधि उपस्थित रहेको कम्पनीको दोस्रो साधारणसभामा कम्पनी ऐन, २०६३ को दफा ९ को उपदफा (४) बमोजिमका विषयहरू समावेश गरी तयार गरिएको सञ्चालक समितिको प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफानोक्सान हिसाब, नगदप्रवाह लगायत लेखापरीक्षण प्रतिवेदन पारित गरिएको थियो । साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को लागि कम्पनीको वासलात, नाफानोक्सान हिसाब, नगदप्रवाह लगायत हरहिसाबको लेखापरीक्षण गर्नको लागि मिलन एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावलाई समेत पारित गर्‍यो ।यसै गरी, साधारणसभाले विशेष प्रस्तावको रुपमा कम्पनीको प्रबन्धपत्रको दफा ४ को उपदफा (१) मा बुँदा नं. (ज) कम्पनीले आफ्नो नामबाट शेयर तथा डिबेन्चर खरिद गर्ने तथा त्यसलाई बिक्री गर्ने उद्देश्य थप गर्ने सञ्चालक समितिको निर्णयलाई समेत पारित गर्‍यो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव भीष्मप्रसाद उप्रेतीले सञ्चालन गर्नुभएको साधारणसभामा कम्पनीका अध्यक्ष श्री नविन अधिकारीले उठेका जिज्ञासाहरूको जवाफ दिँदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरी सभालाई समापन गर्नुभएको थियो ।

description


description

images/gallery/agm-2081-82/AGM_2081_5.jpeg